असार २५, २०८२ बुधबार July 9, 2025

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टिनी मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायली सेनासँगको भिडन्तमा परेर कम्तीमा पनि चार जना प्यालेस्टिनी मारिएका छन् । वेष्ट बैंक सो भिडन्त भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसरी मारिएकामा तीन जना उत्तरी वेष्ट बैंक शहर नाब्लुस र अर्का एकजना दक्षिणी क्षेत्र हेब्रुनका रहेका थिए । नाब्लुसमा इजरायली सेनाले आक्रमण गरेको थियो । सो शहरबाट इजरायली भूमितर्फ आक्रमण भएको पाइएको भन्दै सो शहरका शंकास्पाद स्थानहरुमा इजरायली सेनाले हमला गरेको जनाएको छ ।

इजरायलको सेनाले वेष्ट बैंकमा इब्राहिम अल नाबुल्सीले यो वर्ष धेरै पटक सम्म हिंसात्मक हमला गरेकाले उनको खोजीका लागि आक्रमण गरेको जनाएको छ ।

उनको खोजीको लागि इजरायली सेनाले आक्रमण गरेको इजरायली सेनाको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी इजरायली प्रहरीले पनि एक विज्ञप्तिमा सो शहरमा अतिवादीहरु रहेको भन्ने सूचनाका आधारमा खोजी अभियान नै सञ्चालन गरेको जनाएको छ ।

पछिल्ला केही दिनमा इजरायल र प्यालेस्टिनी सेनाले दोहोरो आक्रमण जारी राखेका छन् । यस क्रममा कैयौँ व्यक्तिको ज्यान गएको छ । यी दुई पक्षबीच केही समयअघि युद्धविराम भएको भनिए पनि आपसमा आक्रमण भने रोकिएको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार