असार ३०, २०८२ सोमबार July 14, 2025

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्नका लागि तयार रहन रक्षा मन्त्रालय र नेपालीसेनालाई निर्देशन दिनुभएको छ ।

रक्षा मन्त्रालयको आर्थिक बर्ष २०७८/७९ को चौमासिक समिक्षा तथा वार्षिक प्रगति समिक्षा बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचनको आवश्यक तयारी पूरा गर्न निर्देशन दिनु भएको हो । उहाँले नेपाली सेनाले मुलुकको सुरक्षा, विकास निर्माण एवं विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री देउवाले सेनालाइ साधन श्रोत सहित आधुनिक र थप व्यावसायिक बनाउन सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनता रक्षाको लागि राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा नीति कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नेपाली सेना अन्तर्गत निर्माण भैरहेका राष्ट्रिय गौरवको आयोजनाका काम यथाशीघ्र सम्पन्न गर्नका लागि प्रभावकारी समन्वय गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

मुख्य सचिव शंकरदास बैरागीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न सबै निकायको समन्वयकारी भूमिका अपिरहार्य रहेको बताउनुभयो । प्रधान सेनापति प्रभुराम शर्माले काठमाण्डौं निजगढ द्रुतमार्ग निर्माणमा खोकनाको जग्गा प्राप्तिमा जटिल समस्या रहेकोले सरकारले आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया