श्रावण ५, २०८२ सोमबार July 21, 2025

मोबाइलामा चार्ज नटिकेर हैरान हुनुहुन्छः यसरी बढाउनुहोस् ब्याट्री लाइफ (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्मार्टफोन प्रयोग गर्न शुरु गरेको केही महिना पछि ब्याट्री लामो समय नटिक्ने लगायत समस्या आउन थाल्छ। फुल चार्ज गर्दागर्दै पनि ब्याट्रीले एक दिन पनि चल्दैन। फोन पुरानो हुँदै जाँदा ब्याट्रीले काम नै गर्न छोड्छ।

ब्याट्री यति छिटो डाउन हुन्छ कि दिनमा बारम्बार फोनलाई चार्जमा राख्नु पर्ने हुन्छ। ब्याट्री यस्तो हुनुको कारणको जिम्मेवार हामी नै हौ र यसका कयौं कारणहरु हुन्छन, जसलाई हामी देख्दादेख्दै पनि वेबास्ता गरीदिन्छौ।

रिपोर्टका अनुसार ब्याट्रीमा छिटो खराबी आउनुको पछाडिको मुख्य पाँच कारणहरु देखाएको छ। ती कारणहरु यस्ता छन्–

ओभर चार्जिङ

हामीमध्ये धेरैको बानी छ फोनको चार्ज १०० प्रतिशतबाट अलिकति कम हुनासाथ चार्जमा राखि हाल्छौं। अक्सर मानिसहरु ४० देखि ५० प्रतिशत ब्याट्री हुँदापनि फोनलाई चार्जमा राखिहाल्छन्। जुन बिल्कुलै गलत हो। र ब्याट्री छिटो डाउन हुनुको प्रमुख कारणपनि यहि हो।

जबसम्म ब्याट्री २० प्रतिशतमा आउँदैन, हतारिएर ब्याट्री चार्जमा राख्नु हुँदैन। ध्यान रहोस् मोबाइल फोनलाई कहिल्यै पनि १०० प्रतिशत चार्ज हुँदासम्म चार्जमा नराखौं। ९० प्रतिशत पुगेपछि नै चार्जबाट निकालौ, यसो गर्दा ब्याट्री लामो समयसम्म टिक्छ।

धेरै ट्यावहरु

स्मार्टफोन प्रयोगकर्ताहरुले ब्राउजरमा धेरै ट्यावहरु खोल्ने गर्छन्। हरेक वेबसाइटको लागि छुट्टाछुट्टै ट्याबल चलाएर त्यसलाई बन्द गर्न गर्दैनौं ।

यस्तो बेला ब्याकग्राउन्डमा ट्याव खुल्ला हुने हुनाले ब्याट्रीको काम बढाई दिन्छ, जसको कारणले ब्याट्री छिटो डाउन हुन थाल्दछ। यदि ब्याट्रीको लाइफ बढाउनु छ भने प्रयोग गरीसकेपछि यस्ता ट्यावहरु बन्द गर्ने बानि बसाल्नु पर्छ।

भाइब्रेट मोड

भाइब्रेशन मोडमा राख्ने गरिएको मोबाइलको ब्याट्री चाडैं डाउन हुन्छ। यो मोड फोन ब्याट्रीको साथसाथै मान्छेको लागी पनि खतरनाक छ। फोनको रिंग टोनको साटो भाइब्रेशनमा राख्दा ठिकै हुन्छ ।

तर अन्य कामहरुमा पनि भाइब्रेशन गर्ने हुन्छ। उदाहरणको लागि तपाईँले किबोर्डमा टाइप गर्दा भाइब्रेशन हुनसक्छ । यदि फोनलाई टच गर्दा या बटन दबाउँदा भाइब्रेशन हुन्छ भने त्यसलाई तत्काल बन्द गरौं। यसले पनि ब्याट्रीलाई खराब बनाउँछ ।

नक्कली चार्जर

कम्पनीले मोबाइल फोनका साथमा एउटा चार्जर बक्सभित्रै दिएको हुन्छ। यदि कुनै मोबाइल बक्समा छैन भनेपनि छुट्टै किन्ने सुबिधा हुन्छ। त्यसैले जहिले पनि मोबाइल फोनलाई सेटकै चार्जरले चार्ज गर्नु पर्छ।

कुनै अर्को फोनको चार्जर प्रयोग गर्दा फोनको ब्याट्रीमा ठुलो असर पुग्दछ। अझ नक्कली र गुणस्तरहिन चार्जरको प्रयोग त फोनको लागी खतरनाक साबित हुन सक्छ।

मोबाइल डाटा र वाईफाई सधै अन

हरेक समय फोनको डाटा नेटवर्क वा वाईफाइन अन राख्नाले फोनको ब्याट्री खपत बढ्दछ। किनभने डाटा मोड तथा वाईफाईन अन हुँदा फोनको ईमेल फोल्डर हर समय अपडेट हुन्छ।

यसबाहेक डाटा प्रयोग हुँदा पनि ब्याट्री पावर प्रयोग हुन्छ। जसको कारणले ब्याट्रीको काम बढ्न पुग्छ, र फोन ब्याट्री चाडैं नै डाउन हुन पुग्दछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार