काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए ।
भेटवार्तामा प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचनको तयारी लगायतका विविध समसामयिक विषयमा छलफल भएको बताइएको छ।
राष्ट्रपति भण्डारीले दुई साताअघि नै संसद्बाट पारित भएको नागरिकता विधेयक अझै प्रमाणीकरण गरेकी छैनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित केही दलले सो विधेयक फिर्ता पठाउन माग गर्दै आएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया