असार २५, २०८२ बुधबार July 9, 2025

बीमा विधेयक पारित गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीमा बीमा विधेयक पारित गर्ने लगायत रहेका छन् । करिब चार वर्षअघि संघीय संसदमा दर्ता भएको बीमा विधेयक बल्ल पारित गर्ने तयारी थालिएको हो ।

आज बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ पारित गर्ने संसद सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ । वि.सं. २०७५ असार २७ गते उक्त विधेयक दर्ता भएको थियो । यसका साथै आज सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि पनि छलफल हुने र सम्भवतः आजै पारित हुने जनाइएको छ ।

यसैगरी आजको सम्भावित कार्यसूचीमा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने उल्लेख छ ।

साथै काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची समेत सचिवालयले सार्वजनिक गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार