काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडनले चार खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको विश्वव्यापी जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
यो विधेयकअन्तर्गत छुट्टाइएको रकम अमेरिकी इतिहासकै जलवायु परिवर्तन सम्बन्धी सबैभन्दा ठूलो बजेट भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
उक्त विधेयकको रकम अमेरिकाको हरित ग्याँस र कार्बन उत्सर्जन न्यूनीकरणका साथै महँगी र औषधिको मूल्य नियन्त्रणमा लागू गरिनेछ ।
आगामी नोभेम्बरमा हुने अमेरिकी संसदको निर्वाचनलाई मध्यनजर राख्दै डेमोक्राटिक पार्टीले महँगी नियन्त्रण र जलवायु परिवर्तन सम्बन्धी विधेयक पास गर्न पहल गरेको थियो ।
डेमोक्र्याटसका अनुसार यसले संघीय अर्थव्यवस्थामा परेको असर न्यून गर्नेछ । स्वतन्त्र अर्थविज्ञका अनुसार असर न्यून गर्छ भन्ने सहमत भए पनि परिणाम आउन केही वर्ष पर्खनुपर्छ । –उपेश महर्जन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया