असार २६, २०८२ बिहिबार July 10, 2025

सुडानमा बाढीका कारण ७५ जनाको मृत्यु – १२ हजार पाँच सय ५१ घर ध्वस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।

यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन ।उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा यस बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।

यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरुमा जनाइएको छ । यसअघि आएका केही समाचारहरुमा सो राज्यमा सबैभन्दा धेरै व्यक्तिको निधन भएको छ ।

उत्तरी र मध्य सुडानमा वर्षाले क्षति पु¥याएको छ । यहाँको सयौँ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । वर्षा गत हप्तादेखि नै जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार