असार २८, २०८२ शनिबार July 12, 2025

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भइरहेको उहाँका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धनले साउन २० गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको बुधबार बसेको बैठकले शीर्षस्थ नेतासँग छलफल गरेर सिट बाँडफाँटमा टुङ्गो लगाउने सहमति जुटेको थियो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठकमा सिट बाँडफाँटलगायत समसामायिक राजनीतिक विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

 बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलगायतका शीर्षस्थ नेताहरु सहभागी हुनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया