असार २६, २०८२ बिहिबार July 10, 2025

सञ्चारमन्त्री बाँस्कोटालाई तत्कार बर्खास्त गर्न कांग्रेसको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्नु पर्ने माग गरेको छ । एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद गर्दा कमिसनका लागि बार्गेनिङ्ग गरेको आरोप सञ्चारमन्त्री बाँस्कोटामाथि लागेको छ ।

यस विषयमा सत्य–तथ्य पत्ता लगाउनका लागि अनुसन्धान गर्नु पर्ने र सो अनुसन्धानको मार्ग प्रशस्त गर्नका लागि सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्नु पर्ने माग कांग्रेसले गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ, ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ञहाम्रा कुराझ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीलाई सार्वजनिक रुपमा आग्रह गर्दछ ।’

सञ्चारमन्त्री बाँस्कोटाले भने आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कानूनी उपचारमा जाने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार