काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले ४८औं दिक्षान्त समारोहको लागि अनलाइनबाट आवेदन खुला गरेको छ ।
२०७८ असार १ गतेदेखि २०७९ जेष्ट ३१ गतेसम्म त्रिभुवन विश्वविद्यालयबाट सेमेस्टर तथा वार्षिक उत्तिर्ण गरी स्नातक स्नाकोत्तर तथा एमफिल ट्रान्सकृप्ट लिएका र सोही समयमा विद्यावारिधि पिएचडी गर्नेहरूले भर्न पाउने छन् ।
आवेदन भदौ ५ गतेबाट असोज ९ सम्म खुला रहने त्रिविले सुचना प्रकाशित गरी जनाएको छ ।
कसरी भर्ने अनलाइन फर्म ?
दिक्षान्त समारोहमा सहभागी हुन त्रिभुवन विश्वविद्यालयको वेब साइट tuexam.edu.np/convocation मा गएर आफ्नो फोटो तथा ट्रान्सकृप्टको स्क्यान कपि राखेर नेपाल बैंक वा ग्लोबल बैंकको अनलाइन मार्फत तोकिएको शुल्क तिर्नु पर्नेछ । दिक्षान्त समारोहको मिती पछि प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ ।
सूचनामा हेरौंः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया