असार २८, २०८२ शनिबार July 12, 2025

माओवादीले निर्वाचनका लागी बनायो १७ सदस्यीय घोषणापत्र तयारी समिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । यस्तै सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल छन् ।

यस्तै नेताहरू लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुङ्गाना र जगत् सिम्खडा सदस्य छन् । सत्तारुढ गठबन्धनका तर्फबाट नै साझा घोषणापत्र तयार पारेर निर्वाचनमा जाने तयारी छ । यद्यपि, पार्टीका तर्फबाट पनि घोषणापत्र तयार पार्ने ध्येयका साथ मस्यौदा समिति बनाइएको उपाध्यक्ष महराले जानकारी दिए ।

निर्वाचन केन्द्रित प्रशिक्षण

माओवादीले आगामी सङ्घीय संसद् एवं प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर देशव्यापीरूपमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यसका लागि यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा प्रशिक्षणको कार्यक्रम सुरु हुनेछ । आज सम्पन्न स्थायी समितिको बैठकले यही भदौ ८ गते बुधबार मधेस प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सुरु हुनेछ ।

यस्तै भदौ ९ गते बिहीबार गण्डकी प्रदेशमा, १० गते शुक्रबार प्रदेश नं १ मा, ११ गते शनिबार लुम्बिनी प्रदेशमा, १२ गते आइतबार बागमती प्रदेशमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तय भएको छ । उपाध्यक्ष महराका अनुसार भदौ १३ गते सोमबार विशेष प्रदेश समिति, १५ गते बुधबार सम्पर्क समन्वय समिति र १६ गते बिहीबार कर्णाली प्रदेश तथा १७ गते शुक्रबार सुदूरपश्चिम प्रदेशमा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

महाविधेशन सम्पन्न भएको आठ महिनापछि पदाधिकारी

माओवादीले आठौँ महाधिवेशन सम्पन्न भएको आठ महिनापछि २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको प्रस्तावलाई सर्वसहमतिले पारित गरेको हो । माओवादी केन्द्रको गत पुसमा महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनले अध्यक्षमात्रै चयन गरेको थियो । आज भएको निर्णयानुसार पदाधिकारीमा एक जनामात्रै महिला प्रतिनिधिका रूपमा उपमहासचिव पम्फा भुसाल छन् ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा नेता महरा चयन हुँदा महासचिवमा गुरुङले जिम्मेवारी पाएका छन् । माओवादीभित्र ‘कान्छाबहादुर’का रुपमा परिचित गुरुङ इमान्दार नेताका रूपमा स्थापित छन् । हाल माओवादीको संसदीय दलको प्रमुख सचेतकको भूमिकामा समेत रहेका गुरुङ पार्टीभित्र चौथो बरियतामा थिए ।

विशेषगरी महासचिव चयनको विषय सबैभन्दा बढी जटिल बनेको माओवादीका नेताहरूको टिप्पणी रहँदै आएको थियो । उपाध्यक्ष महराका अनुसार विशेष महाविधेशनसम्मका लागि पदाधिकारी चयन भएको र नयाँ परिस्थितिमा नयाँ तरिकाले जाने जानकारी दिए । माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने जनाएको छ । यद्यपि त्यस्तो महाधिवेशन कहिले आयोजना हुन्छ भन्नेबारेमा उनले केही जानकारी दिएनन् ।

उपाध्यक्ष महराले भने, “यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि हो । तत्कालका लागि सन्तुलित र निर्वाचनलाई ध्यान दिएर तय गरिएको हो । विशेष महाधिवेशनमा नयाँ सोच आउँछ ।” आठौँ महाधिवेशनकै क्रममा विचारको विकास र सङ्ठगनात्मक प्रणाली तय गर्नका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरिएको थियो । यस्तै स्थायी समितिको बैठकले अखिल (क्रान्तिकारी)भित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष दाहाललाई नै जिम्मेवारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार