काठमाण्डौः उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनीले दक्षिण कोरियाका राष्ट्रपतिले प्रस्ताव गरेको निशस्त्रीकरण–सहायता सम्झौतालाई अस्वीकार गर्दै यसलाई “मूर्ख“ योजना बताएकी छिन् । सियोलसँग संलग्न हुने विचारलाई उनले खारेज गरेकी छिन् ।
किम यो जोङले दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओललाई ‘व्यर्थको सपना देख्न बन्द गर्न’ भनेकाो राज्यको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले शुक्रबार जनाएको छ ।
‘हामी युन सुक येओललाई मानिसको रूपमा मन पराउँदैनौं’, मेमा पदभार ग्रहण गर्ने क्रममा प्योङयाङप्रति कडा अडान लिने प्रतिबद्धता जाहेर गरेका रुढिवादी दक्षिण कोरियाली नेताबारे किम यो जोङले भनिन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया