असार २६, २०८२ बिहिबार July 10, 2025

सेक्युरिटी प्रेस खरिद : लेखा समितिले छानबिन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिले छानबिन गर्ने निर्णय गरेको छ। आज भएको समिति बैठकमा उक्त निर्णय भएको हो।

खरिदमा कमिसनलाई लिएर सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटासमेत तानिएपछि समितिले छानबिन उपसमिति गठन गर्ने अपेक्षा गरिएको थियो।

तर उपसमिति भने गठन भएन।

बैठकमा समितिका सदस्य तथा कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले बाहिर कमिसनको कुरा आएको बताउँदै यसबारे छलफल आगामी बैठकमा पनि गरिने बताए। उनले भने, ‘हामीले छलफल गरिरहेका छौँ, यस विषयमा आगामी दिनमा पनि बैठक राख्छौँ।’

स्टाटस लेख्ने व्यक्तिलाइ समितिमा बोलाइने
बैठकमा समिति सदस्य तथा नेकपा सांसद सूर्य पाठकले सामाजिक सञ्जालमा पोष्ट भएको एउटा स्टाटसको स्क्रिन शट नै देखाएका थिए। उनले प्रभात किशोर उपाध्यायको स्टाटसको स्क्रिन शट देखाएपछि बैठकमा केही चर्काचर्की समेत भएको छ।

उक्त स्क्रिन शटमा प्रभात किशोर उपाध्यायले भनेका छन्, ‘७४ करोड हैन, ४ अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्का दिन थालेसि स्विस एजेन्टले क्लिप बाहिर ल्याएको रहेछ, ४ अर्ब भाग परेका लेखा समितिका बाँस्कोटालगायत अन्य माननीयहरु।’

उक्त स्टाटसमा एक दर्जन सांसदको नाम र तस्बिर नै उल्लेख गरी कमिसन खान खोजेको आरोप लगाइएको छ। समितिले उक्त स्टाटसबारे सोही मान्छेलाई समितिमै बोलाएर छलफल गर्ने समेत निर्णय गरेको छ।

समितिले सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिमा आज छलफल गरेको हो। समितिले आज यससम्बन्धी आठवटा बुँदामा छलफल गरिरहेको छ।

बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थन नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता देखिएको, सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा थुप्रै अस्पष्टता देखिएकोबारे पनि आजको बैठकमा छलफल भइरहेको छ। त्यस्तै प्रस्तावित कम्पनीको अनुभवमा कमी देखिएको र संकट समाधान, समन्वय र मितव्ययिता अपनाइएको नदेखिएकोबारे समितिले छलफल गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार