असार २६, २०८२ बिहिबार July 10, 2025

सञ्चारमन्त्रीलाई बर्खास्ती र छानवीन गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस माग्दै कुराकानी गरेको अडियो सार्वजनिक भएपछि उनको बर्खास्ती र छानवीन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरु आफ्नो ठाउँबाट उठेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कांग्रेसका सांसद जीतेन्द्रनारायण देवलाई बोल्ने समय दिएका थिए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार नगर्ने प्रतिवद्धताविरुद्ध सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रेस स्थापनाको लागि कमिसन मागेको अडियो प्रकरण सार्वजनिक भएको भन्दै तत्काल प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरेका छन।

देवले स्वतन्त्र छानवीन समिति बनाएर अडियो प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन पनि माग गरेका छन। साथै कमिसन प्रकरणमा सरकारकै मन्त्री मुछिएको विषयमा यो घटना के हो ? यसको बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग अघि सारेर संसद बैठक अवरुद्ध पारेको हो।

बर्खास्तगी, छानवीन र प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिएपछि बैठक फागुन १५ गतेसम्मलाई स्थगित भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार