काठमाडौंः आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् । प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया