असार २६, २०८२ बिहिबार July 10, 2025

एमसीसी कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको कार्यदलले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले शुक्रबार एमसीसीको प्रतिवेदन बुझाउने भएको हो। कार्यदलका सदस्य भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा आज टुंगो लाग्ने बताएका छन।

बिहीबारको बैठकमा प्रतिवेदन अगाडि बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, ‘आजको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ। अन्तिम रुप दिएर बुझाउने प्रकृयामा छौं। भोलिसम्म प्रकृया पुरा गर्छ होला।’

एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ। कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र झलनाथ खनाल सदस्य रहेका छन्।

यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझाव सहितको प्रतिवेदन पेश गर्ने तर संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार