काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका दुईवटा विधेयक आइतबार राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया