श्रावण ५, २०८२ सोमबार July 21, 2025

मोटोरोलाले आउँदो सेप्टेम्बरमा तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यही अगस्टमा मोटोरोलाले आफ्ना नयाँ स्मार्टफोन एज २०२२ सार्वजनिक गरेको थियो । डाइमेन्सिटी १०५० एसओसीमा आधारित यो नै विश्वको पहिलो स्मार्टफोन थियो ।

एज सिरिज अन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गरेको एक महिना नबित्दै कम्पनीले अर्को स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले ट्रिजर सार्वजनिक गर्दै आउँदो सेप्टेम्बर ८ मा एज सिरिज अन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याउने जनाएको हो । कम्पनीले सार्वजनिक गरेको नयाँ भिडियो ट्रिजर अनुसार उक्त दिन एकै पटक तीन नयाँ स्मार्टफोन सार्वजनिक हुनेछ ।

कम्पनीले तीन ओटा नयाँ स्मार्टफोन सार्वजनिक गर्ने निर्णय गरेको भएपनि उक्त फोनको नाम भने उल्लेख गरिएको छैन् । तर, उक्त कार्यक्रममार्फत हाल चिनियाँ बजारमा उपलब्ध मोटा एक्स३० प्रो र मोटो एस३० प्रोको परिष्कृत भर्सनलाई ‘एज’ का रुपमा विश्व बजारमा उपलब्ध गराउने अनुमान गरिएको छ ।

त्यसमध्ये एक्स ३० प्रो स्न्यापड्रयागन  ८प्लस जेन १ एसओसीमा आधारित रहेको छ । भने, फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । ४६१० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा १२५ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया