असार २४, २०८२ मंगलबार July 8, 2025

‘साइड इफेक्ट’ विनै कपाल कालाे बनाउने घरेलु उपाय (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निश्चित उमेरपछि कपाल फुल्नु स्वभाविक हो। तर अचेल कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ। कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधि अपनाइन्छ। रसायनयुक्त मेहेन्दीले कपाल कालो त बनाउँछ तर त्यसले धेरै समस्या पनि निम्त्याउँछ। पोषणको कमीले पनि कपाल फुल्छ। पोषणयुक्त खानेकुरा पनि सेवन गर्नाले कपाल चाँडै फुल्दैन।

कपाल चाँडै फुल्न नदिन

भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन।

एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गर्नुपर्छ। ग्रीन टी, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि खानुपर्छ।

ड्राइ फुड्स, दूधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ।

त्यस्तै कपाल कालो बनाउन केही उपाय 

सेतो कपाललाई कालो बनाउन अमला निकै उपयोगी हुन्छ। यसमा रहेको एन्टि एजिङ गुण र पोषक तत्त्व भिटामिन सी मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ। केश कालो र घना हुन्छ ।

सुख्खा अमला पिसेर पाउडर बनाउने। त्यसलाई नरिवलको तेलसँग मिसाउने र उक्त मिश्रणले सुत्नुअघि कपाल मसाज गर्नुपर्छ । रातभर त्यतीकै छाडेर बिहान सफा पानीले पखाल्नुपर्छ। यो उपाय निकै प्रभावकारी हुन्छ।

यस्तै नरिवलको तेलले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल झर्नबाट समेत बचाउँछ। साथै यसले कपाललाई पोषण पनि दिन्छ । त्यतिमात्र होइन, नरिवलको तेलको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ

दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गर्नुपर्छ। एक घण्टापछि कपाल धुनुपर्छ। नरिवलकाे तेलको ठाउँमा बदामको तेल पनि प्रयोग गर्न सकिन्छ।

यस्तै तोरीको तेलमा यस्तो गुण हुन्छ, जसले मेलनिनको उत्पादन बढाउँछ। यसले कपाललाई कालो बनाउन मद्दत गर्छ। साथै तोरीको तेलको पोषणले कपाल बलियो पनि हुन्छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया