असार २८, २०८२ शनिबार July 12, 2025

सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँड कार्यदलले काम पूरा गर्न नसकेपछि पाँच दलका शीर्ष नेताहरु आफैं बसेर त्यसबारे छलफल थालेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मंगलबार पनि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो तर सहमति हुन सकेको थिएन ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँडका विषयमा गठबन्धनमा छलफल जारी रहेको बताए । ‘हामी सिट बाँडफाँडका विषयमा छलफल गरिरहेका छौँ । विभिन्न प्रस्तावहरु आएका छन् । दलहरुको आ-आफ्नो चाहना छ,’ उनले भने, ‘नेताहरुबीच छलफल जारी छ । हामी चाँडै निष्कर्षमा पुग्छौँ ।’

गठबन्धनमा रहेका दलहरुबीच ०७४ र ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भ एपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया