असार २६, २०८२ बिहिबार July 10, 2025

फिलिपिन्सका विद्यालय २ वर्षपछि खुले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन् । अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन् ।

उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन् । नत साथीको छेउमा बसेका छन् । विद्यालय पोसाक त लगाएकै छैनन् । फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका कारण उनीसहित २ करोड ७० लाख विद्यार्थी दुई वर्षदेखि अनलाइन अध्ययन गरेका थिए ।

तर, सरकारले कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारबाट भौतिक रूपमा विद्यालय सञ्चालन भएका छन् । कोभिडका कारण सन् २०२० को मार्चदेखि देशका अधिकांश विद्यालय बन्द रहेका थिए ।

लामो समय विद्यालय सञ्चालन नहुँदा विज्ञहरुले देशमा शैक्षिक क्षेत्रमा संकट निम्त्एिको भन्दै सरकारलाई विद्यालय सञ्चालन गर्न सुझा दिँदै आएका थिए ।

फिलिपिन्स दक्षिणपूर्व एसियामा महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक थियो । तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो कोरोनाभाइरस तालाबन्दी घोषणा गरेका थिए, जसका कारण विद्यालय प्रभावित भएका थिए ।

लामो समयसम्म विद्यालय बन्द हुँदा फिलिपिन्सका बालबालिकाहरूमा साक्षरता दर घट्न सक्ने डर पैदा भएको थियो । विद्यालय बन्द हुँदाँ धेरै विद्यार्थीहरूले सीप गुमाएको फिलिपिन्समा सरोकारवाला शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार