काठमाण्डौंः चीन, लाओस, म्यानमार र थाइल्याण्डका कानुन प्रवर्तन अधिकारीहरूले मेकोङ नदीमा १२०औँ संयुक्त गस्ती शुरु गर्नका लागि मङ्गलबार सहभागिता जनाएका छन्।
सो गस्ती अभियानमा पाँचवटा जहाजले भाग लिएका थिए । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको सिशुआङबन्ना दाई स्वायत्त प्रान्तको जिङ्गा बन्दरगाहबाट बिहान ९ बजे तीनवटा चिनियाँ जहाज प्रस्थान गरेका छन् । गस्तीका क्रममा चार देशहरूले नदी किनारमा सुरक्षा र स्थिरता सुनिश्चित गर्न सीमापार अपराध नियन्त्रणमा ध्यान केन्द्रित गर्ने बताइएको छ ।
चीनको लान्काङ नदी भनेर चिनिने मेकोङ नदी सीमापार ढुवानीका लागि महत्त्वपूर्ण जलमार्ग हो । चीन, लाओस, म्यानमार र थाइल्याण्डले डिसेम्बर २०११ देखि नदीमा संयुक्त गस्ती गर्दै आएका छन्। रासस/सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया