काठमाडौंः कीर्तिपुर नगरपालिकाले ’एक घर एक स्नातक’ कार्यक्रम पनि सुरू गर्दे शिक्षामा नगरबासीलाई विशेष छुट व्यवस्था गर्न सम्बन्धित पक्षसँग सम्झौता गरेको छ । सामुदायिक कलेजमा स्नातक तहका विद्यार्थीलाई शत प्रतिशत छुट व्यवस्था गर्ने निर्णयसँगै सम्झौता गरेको हो ।
नगरपालिकाले आइतबार एक कार्यक्रमबीच मंगल बहुमुखी क्याम्पससँग सम्झौता गरेको हो । स्थानीय विद्यार्थीले कलेजमा भुक्तानी गर्नुपर्ने मासिक पढाइ शुल्कमध्ये ६० प्रतिशत नगरपालिकाले बेहोर्ने र बाँकी ४० प्रतिशत कलेजले छात्रवृत्ति उपलब्ध गराई निःशुल्क शिक्षा उपलब्ध गराउने सम्झौता भएको छ ।
यही आर्थिक वर्षबाट स्नातक प्रथम वर्षबाट छात्रवृत्ति कार्यक्रम सुरू हुने र चौथौ वर्षसम्म निरन्तरता दिइने सम्झौतामा उल्लेख छ । तर मासिक शुल्कबाहेक अन्य विविध अतिरिक्त शुल्क सहुलियतपूर्ण रूपमा कलेजले लिन सक्ने जनाएको छ ।
क्याम्पसमा अहिलेलाई मानविकी, व्यवस्थापन र शिक्षा संकायमा यो कार्यक्रम लागू गरिएको हो । खबरएजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया