काठमाडौ: सेवा सुविधा वृद्धिको माग राख्दै भदौ १ गतेदेखि आन्दोलनरत विद्यालय कर्मचारीले भदौ १२ गतेदेखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । नेपाल बिद्यालय कर्मचारी परिषद राष्ट्रिय समितीले एक बिज्ञप्ति जारी गर्दै बिध्यालय बन्द गर्ने घोषणा गरेको हो।
बिज्ञप्ति अनुसार नेपाल बिद्यालय कर्मचारी परिषदको २०७९/०४/२० गतेको निर्णय बमोजिम आन्दोलनका कार्यक्रम निरन्तर भइरहेको जनाउदै मिति २०७९ भदौ ४ गते पद्मोदय मावी काठमाडौमा बसेको बैठकले भदौ १२ देखि १८ सम्म एक हप्ता बिद्यालय बन्द गर्ने घोषणा गरेको बताइएको छ।
त्यसैगरी बिज्ञप्तिमा घोषणा भएअनुसार भदौ ९ गते खुल्ला र्याली, भदौ १०, र ११ सम्म डिजिटल आन्दोलन र भदौ १९ गते काठमाडौमा विशाल र्यालीको आयोजना गर्ने घोषणा गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया