असार २८, २०८२ शनिबार July 12, 2025

नागरिकता विधेयक राष्ट्रघाती भन्नेहरू पाखण्ड हुन् : अध्यक्ष प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको गलत प्रचार भएको बताउनु भएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले विधेयक पास गरेर कुनै राष्ट्रघाती निर्णय नभएको बताउनु भयो ।

 ‘आमाबाबु दुवै नेपाली नागरिक भएका छोराछोरीले मात्र नागरिकता पाउने यो विधेयकको सारतत्व हो’, उहाँले भन्नुभयो, ‘यसलाई गलत ढंगले, गलत उद्देश्यले  प्रचार गरिएको छ ।’ यो विधेयक राष्ट्रिय सभामा रहेको र पुनः राष्ट्रपति समक्ष जाने उहाँले बताउनु भयो ।

आमाबाबु नभएका ७ लाख को हाराहारीमा  नागरिकता नपाएको र सबै अवसरबाट उनीहरू वञ्चित भएकोले यसलाई निकास दिन पनि यो विधेयक पास गर्नु परेको उहाँको भनाई थियो ।  यो विधेयक  केपी ओली सरकारकै पालामा अध्यादेशमा लगिएको भन्दै उहाँले अहिले राष्ट्रघाती भन्नु पाखण्डीको संज्ञा दिनुभयो ।

केपी ओली र आफू अध्यक्ष भएको सरकारको पालामा सात वर्षे वैवाहिक अङ्गीकृतका राज्य व्यवस्थाको प्रस्ताव  सदनमा लैजान खोजिएको भन्दै दाहालले ओलीले नमानेको कारण त्यो सम्भव नभएको आरोप लगाउनुभयो  । दाहालले राष्ट्रवादको मुकुण्डो लगाएर अहिले भोट बटुल्न भ्रम छरिएको आरोप लगाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार