असार २६, २०८२ बिहिबार July 10, 2025

अडियो प्रकरणले सरकार भ्रष्टहरुको झुण्ड हो भन्ने प्रमाणित गर्‍यो : महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सञ्चारमन्त्री बाँस्कोटाको कमिसन मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गरेका छन्।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको पनि आरोप लगाएका छन।

शुक्रबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यो प्रकरणमा अरुको पनि सहभागिता हुन सक्ने आशंका समेत गरेका छन।

‘बाँस्कोटा एक्लै मात्रै यो प्रचरणमा संलग्न भएको भनेर भन्न सक्ने अवस्था छैन’, उनले भने, ‘यसमा अरुको पनि संलग्नता हुनसक्छ, सत्यतथ्य छनबिन गरेर यथार्थ बाहिर ल्याउन माग गर्दछु।’

उनले बिहीबार काठमाडौंमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्तामाथि प्रहरीले गरेको दमनप्रति आपत्ति जनाउँदै प्रहरीलाई सरकारमुखी नबनेर जनताप्रति उत्तरदायी बन्न सुझाब दिएका छन।

‘हाम्रा भातृसंस्थाका नेता कार्यकर्ताले भ्रष्टाचारको बिरोध गर्दा पुलिसले लाठीचार्ज गरेको ग¥यो’, उनले भने, ‘म प्रहरीलाई भ्रष्टाचारीको संरक्षणमा नलाग्न समेत आग्रह गर्दछु।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको अडियो प्रकरणबारे सदनलाई जबाफ दिनुपर्ने बताएका छन। उनले अडियो प्रकरणले सरकार भ्रष्टहरुको झुन्ड हो भन्ने कुराको पुष्टि गरेको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार