असार २४, २०८२ मंगलबार July 8, 2025

२ लाख घुससहित खानेपानीका प्राविधिक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकाको एक जना खानेपानी तथा सरसफाइका प्राविधिक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा कार्यरत प्राविधिक चित्रबहादुर केसीलाई पक्राउ गरेको हो। चित्रबहादुरले भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत सो रकम लिएको अख्तियारले जनाएको छ।

उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो। अख्तियारले केसीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार