असार ३१, २०८२ मंगलबार July 15, 2025

पाँचौँ दक्षिण एसियन किकबक्सिङ्ग च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भुटानमा भएको पाँचौँ दक्षिण एसियन किकबक्सिङ्ग च्याम्पियनसिपमा नेपाललाई ६ स्वर्ण प्राप्त भएको छ ।

टोली नेता सो क्योकुशिन कराते संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार सिवानी श्रेष्ठले खुला तौल समूहमा फाइनलमा भुटानकी खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले सम्पूर्ण महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधि समेत हात पार्न सफल भएकी छिन् ।

च्याम्पियनसिपमा ५४ केजी तौलमा स्वर्ण हात पारेका कविन देशारले सम्पूर्ण पुरुष तर्फ उत्कृष्ट खेलाडीको उपाधि समेत जिते । यसै गरि ६० केजी तौलमा स्वर्ण हात पारेका भुवन हायुले च्याम्पियनसिपको अनुशासित खेलाडीको ट्रफी समेत जिते । स्वर्ण जित्ने खेलाडीहरूमा ६२ केजी तौलमा मुकेश लुइँटेल, ६४ केजी तौलमा जय राम ब्लोन र ७२ केजी तौलमा दलबहादुर घले रहेका छन् ।

भुटानको फुएनसोलिगमा भएको च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा भएको थियो । उक्त च्याम्पियनसिपमा सहभागी भएका ६ जनै खेलाडीले स्वर्ण हात पारेका थिए ।

साफ च्याम्पियनसिपका  लागि भुटानी टोली दुई साता अगाडी नै नेपाल आइपुगेको छ ।

भुटानी टोलीलाई एन्फाका पदाधिकारी र पूर्वराष्ट्रिय महिला खेलाडीले स्वागत गरेका थिए । महिला साफ फुटबल प्रतियोगिता खेल्न  हुन भुटानको राष्ट्रिय फुटबल टोली बिहीबार बिहान नेपाल आइपुगेको हो ।

साफ खेल्न नेपाल आइपुगेको भुटान सहभागीमध्ये  पहिलो टोली  भएको छ । भुटान दुई साता अगाडि नेपाल आएको हो ।   समूह ‘बी’ मा भुटानसहित आयोजक नेपाल र  श्रीलङ्का रहेका छन् ।

भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ काठमाडौँमा सुरु हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया