असार २८, २०८२ शनिबार July 12, 2025

एकिकृत समाजबादीले भदौ २० भित्र उम्मेदवार टुंगो लगाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।

आगमी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसिमा छुटाएको हो ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।

उनका अनुसार क्षेत्रीय कमिटीले १० भदौं भित्र नाम सिफारिस गरेर जिल्लामा पठाए पछि जिल्ला कमिटीले १५ भदौं भित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाईएको छ

प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रिय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।

यसरी टुंगो लगाइएका उम्मेदवारहरुलाई सत्तारुढ गठबन्धनको सिटवाँडफाट अनुसार गठबन्धनवाट उम्मेदवार घोषणा गरिने उनको भनाई छ । उनका अनुसार कतिपय जिल्लावाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि धमाधम उम्मदेवार सिफारिस गर्ने कार्य सुरु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार