काठमााण्डौः साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।
साउदी अरबको विदेश मन्त्रालयले ट्वीटर मार्फत यो घोषणा गरेको हो । साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ । पाकिस्तानको खस्कदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्वीटरमा उल्लेख गरेको छ ।
यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएएको बताइएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया