काठमाडौंः बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वर्ण विजेतालाई मासिक ६ हजार भत्ता उपलब्ध गराउने जानकारी गराएको हो । बागमतीले प्राथमिकतामा राखेको ९ खेलको स्वर्ण विजेतालाई मात्र मासिक भत्ता दिने जनाएको छ ।
जसमा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराँते, तेक्वादो, ब्याडमिन्टन र पौडी रहेका छन् । प्रदेशले अर्को राष्ट्रिय प्रतियोगिताको व्यवस्था नभएसम्मका भत्ता दिने जनाएको छ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । नवौँमा ३६ खेलमा प्रतिस्पर्धा हुनेछ । बागमतीले सबै खेलमा सहभागिता जनाउनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया