असार २८, २०८२ शनिबार July 12, 2025

सिट बाँडफाँडका विषयमा गठबन्धन दल सहमति नजिक : अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि सिट बाँडफाँडको विषयमा गठबन्धन दल सहमतिको नजिक पुगेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सिट बाँडफाँडको विषयमा दलहरू बीच कुनै अप्ठ्यारो र असहज अवस्था नभएको प्रष्ट पार्नुभयो ।

जसरी बाहिर अप्ठ्यारो असहज भन्ने कुरा आइरहेको छ त्यसमा कुनै अप्ठ्यारो र असहज छैन भन्नुहुँदै उहाँले यही भदौ १५ गतेभित्र सबै विषय टुङ्ग्याउने गरि कार्यदलले काम गरिरहेको  बताउनुभयो ।

उहाँले १ सय ६५ सिट भित्रै गठबन्धन दलहरू बीच सहमति जुट्ने र कार्यदललाई कुन क्षेत्रमा कुन दलको जित्ने सम्भावना कस्तो छ सो कुरालाई कार्यदललाई आफूहरूले हेर्न लगाएको बताउनुभयो ।

कसैले पनि आफ्नो गोरुको बाह्रै टका भन्नु हुर्दैन सहमतिको लागि दलहरू जिम्मेवार, लचिलो र उद्धार हुनु आवश्यक रहेको उहाँको भनाई छ ।

एक प्रश्नमा अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रपतिबाट चाडै प्रमाणीकरण हुने र राष्ट्रिय सभाबाट पारित हुने बताउनुभयो । नागरिकता विधेयकले घटनाक्रमलाई केही तरङ्गित गरेपनि यसले कुनै राजनीतिक संकट नल्याउने र यो समाधान भएरै जाने उहाँको भनाई छ । उहाँले विधेयकले कुनै संकट नल्याउने र सबैको सहमतिमा विधेयक पास हुने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार