श्रावण ५, २०८२ सोमबार July 21, 2025

रियलमीको सस्तो स्मार्टफोन ‘रियलमी सी३०’ नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले हालै ‘रियलमी सी३०’ मोडलको सस्तो स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराउन थालेको हो ।

युनिसक टाइगर टी६१२ चिपबाट सञ्चालित फाेन अल्ट्रा स्लिम भर्टिकल डिजाइनमा आएको छ ।

२/३२ जीबी भेरियन्टको मूल्य १३ हजार ४९९ रूपैयाँ र ४/६४ जीबी भेरियन्टको मूल्य १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

फोनको हाइ स्पिड फ्ल्याश स्टोरेजले तीन गुणासम्म छिटो डेटा रिड र राइट गर्नसक्ने कम्पनीकाे भनाइ छ । यसमा पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ भने अगाडिको क्यामेरा ५ मेगापिक्सेलको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया