असार २८, २०८२ शनिबार July 12, 2025

गठबन्धनका दलले दाबी गर्दैमा चुनाव क्षेत्र छाड्न सकिँदैन: डा. शेखर कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनका दलले दाबी गर्दैमा कुनै पनि चुनाव क्षेत्र छाड्न नसकिने बताएका छन्।

कांग्रेस मोरङ क्षेत्र नं. ६ ले शनिबार सुन्दरहरैंचामा आयोजना गरेको एकदिने प्रशिक्षण कार्यक्रममा बोल्दै डा. कोइरालाले गठबन्धनमार्फत चुनावमा जान न्याय संगत रुपमा सीट बाँडफाँड हुनुपर्ने बताए । अहिले देशको प्रतिकूल अवस्थाका कारणले गठबन्धनलाई स्वीकार्नु परेको जिकिर गर्दै कांग्रेसले एक सय सीट पाउनुपर्ने बताए।

“कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ, तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानु परेको हो,” डा. कोइरालाले भने, “एक सय भन्दा कम सीट लिएर गठबन्धनमार्फत चुनावमा जान सकिँदैन।”

गठबन्धनका अन्य दलले दाबी गर्दैमा कुनै क्षेत्र छाड्न नसकिने उनको भनाइ थियो । डा. कोइरालाले भने, “गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न सकिँदैन । सीटमा दाबी गर्ने पार्टीको सांगठनिक अवस्था र जित्ने आधार हेरेर मात्रै सीट बाँडफाँड गरिनुपर्छ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू डा. डिला संग्रौला, रुक्मिणी कोइराला, दिनेश कोइराला, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्व आमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौला, क्षेत्रीय सभापति देवराज तामाङ लगायतले बोलेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार