असार ३१, २०८२ मंगलबार July 15, 2025

भदौ १८ देखि रुपन्देहीमा लिस्नु कप फुटबल प्रतियोगिता आयोजना हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा भदौ १८ देखि लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको २० औं संस्करण सुरु हुने भएको छ ।

प्रतियोगिताको आयोजक संस्था लिस्नु युवा क्लव रुपन्देहीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, पाल्पा र स्याङ्जा जिल्लाका १६ वटा फुटबल टिमको सहभागिता रहने जानकारी दिएको छ ।

प्रतियोगिताका संयोजक तथा क्लवका बरिष्ठ उपाध्यक्ष नेमबहादुर गुरुङले प्रतियोगितामा विजेता टिमलाई नगद ३ लाख रुपैयाँ र उपविजेता टिमलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको बताए । उनका अनुसार सेमिफाइनल उपविजेता दुईवटा टिमलाई २५/२५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ उपलब्ध गराइने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगितालाई स्थानीय डिमबहादुर गुरुङको स्मृतिमा उनकी छोरी श्रीमाया गुरुङले प्रायोजन गरेकी छन् । असोज ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता पशुपति उच्च माविको मदानमा संचालन हुने छ ।

आयोजक क्लवका अध्यक्ष तिर्थराज मल्लले २०५७ सालमा क्लव स्थापना भएसँगै वर्षेनि फुटबल प्रतियोगिता संचालन हुँदै आएकोमा कोरोना महामारीका कारण विगतका दुई वर्ष प्रतियोगिता स्थगित गर्नु परेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया