असार २८, २०८२ शनिबार July 12, 2025

अबको वैकल्पिक शक्ति राप्रपा नेपाल : कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्न जनताले अबको चुनावमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने बताए ।

‘बेतिथि, विकृति र अन्याय बारे चिन्ता गरेर मात्र गरेर हुन्न, साहसिक निर्णय गर्नुपर्ने हुन्छ’, उनले भने । अबको निर्वाचनमा जनताले स्वाधीनता, सुशासन, हिन्दुत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने बताए ।

राप्रपा नेपाल बर्दियाद्वारा आज गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलको असक्षमता, अदूरदर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रूपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘हामी दूरदर्शी योजना, कार्यक्रमसहित जनताको माझमा प्रस्तुत भएका छौं । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक विकास अनि समृद्धि, हिन्दुत्वको रक्षा, भ्रष्टाचार र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता हो,’ उनले भने । थापाले विदेशी प्रभुको इसारामा चल्नेहरूबाट मुलुक र जनताको हित नहुने बताए ।

जिविसको सभा हलमा आयोजित कार्यक्रममा नवप्रवेशीको संख्या धेरै भएपछि थापाले खुल्ला प्राङ्गणमा नै पाँच सयभन्दा बढीलाई टीका लगाउँदै पार्टी प्रवेश गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार