असार २६, २०८२ बिहिबार July 10, 2025

शान्ति सुरक्षाको अवस्था सुदृढ छ : गृहमन्त्री थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर । गृहमन्त्री रामहादुर थापाले शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको बताएका छन्।

गृहमन्त्रालयद्वारा हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आइतबार सम्बोधन गर्दै उनले नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको बताएका छन ।

मन्त्री थापाले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जानकारी दिएका छन । उनले भने, ‘शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ ।’ गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी छन् ।

गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन ।

गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार