असार २६, २०८२ बिहिबार July 10, 2025

प्रधानमन्त्रीको जन्मदिन पहिलोपटक जन्मघरमा,५,००० लाई खाना खुवाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मदिन पुर्ख्यौली घर तेह्रथुमको आठराईमा मनाउने भएका छन्।

जन्मदिन मनाउन आइतवार उनी पाँचथर हुँदै तेह्रथुमको आठराई जाने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले बताएका छन।

पाँचथरमा खानेपानी आयोजनाको उद्घाटन गरेर त्यसपछि हेलिकोप्टरबाट उहाँ जन्मघर आउने कार्यक्रम छ, भण्डारीले भने।

प्रधानमन्त्रीसँगै उनको जन्मघर पत्नी र बुवा एवम् अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बीना मगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई त्यता जाँदै गरेको आयोजकहरूले बताएका छन्।

तयारी कहिलेबाट ?
प्रधानमन्त्री ओलीका बाल्यकालका साथी तथा प्रदेश सभा सदस्य तेजमान कन्दङ्वाका अनुसार जन्मदिनका लागि ३/४ महिना अघिदेखि नै तयारी शुरू भएको थियो।

हामीले ३/४ महिना अघिदेखि नै उहाँको जन्मदिन मनाउने योजना अनुसार हेलिप्याड बनाउने र गाडी पार्किङका लागि ठाउँ सम्याउने काम थालेका थियौँ, कन्दङ्वाले भने।

ओलीको घरमा केक काट्ने कार्यक्रम समेत रहेको बताइएको छ।

कार्यक्रम के के छन् ?
प्रधानमन्त्री ओलीले २,००० ज्येष्ठ नागरिक महिलालाई सारी र पच्छ्यौरी, २,००० पुरुषलाई भादगाउँले टोपी र ज्याकेट अनि २,००० विद्यार्थीलाई डायरी र पेन दिने कार्यक्रम रहेको पनि कन्दौवाले बताएका छन।

कार्यक्रममा सुरक्षा व्यवस्थाका लागि प्रहरी र सेना गरी २०० सुरक्षाकर्मी खटेका छन्। त्यसबाहेक २०० स्वयंसेवी भाइबहिनी पनि छन्, कन्दङ्वाले भने।

अघिल्लो साता एन्जियोग्राफी गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको पनि उनले बताएका छन।

ओलीले तेह्रथुमको सुकेपोखर-ढुंगेसाँघु सडकको शिलान्यास गर्ने र नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन गर्ने बताइएको छ।

उहाँले शिलान्यास र बैंक उद्घाटन सकेपछि घरमा आफ्ना बाल्यकालका साथीसहित बसेर केक काट्नुहुन्छ, कन्दङ्वाले भने, साथीभाइसँग एकछिन भेटघाट र कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ।

जन्मदिनमा करिब तीनदेखि पाँच हजार मानिसलाई खाना खुवाउने गरी तयारी भएको पनि कन्दौवाले बताएका छन।

प्रधानमन्त्रीले नेपाल बैंक लिमिटेडको शाखा कार्यालयको उद्घाटन समेत गर्ने कार्यक्रम रहेको छ
प्रधानमन्त्री जन्मदिन मनाउन आठराई पुग्दा त्यहाँ विभिन्न विकास निर्माणका कार्यक्रमहरूको शिलान्यास र उद्घाटन रहेकाले आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरूमा विदा समेत दिइएको गाउँपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार