असार २६, २०८२ बिहिबार July 10, 2025

बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधयेक २०७९ स्वीकृत गरेको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधयेक २०७९माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले स्वीकृत गरेको हो ।

सोमबार बसेको पहिलो बैठक सो प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । यसपछि सोमबार नै बसेको दोस्रो बैठकले उक्त विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक १७ भदौ दिउँसो १ बजे बस्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया