असार ३१, २०८२ मंगलबार July 15, 2025

नेपालले जित्यो केन्याविरुद्धको टी-२० श्रृखंला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले टी–२० शृङ्खला जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा केन्यालाई पराजित गर्दै नेपालले शृङ्खला जितेको हो ।

नेपालले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रनमात्रै बनायो । केन्याका लागि नेहेमिह ओधिआम्बोले ३७ र शेम एनगोचेले ३३ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र बसिर अहमदले दुई/दुई विकेट लिए ।

रोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो ।  नेपालका लागि ज्ञानेन्द्र मल्लले ५९, रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेल, शेम एनगाेचे र नेहेमिह ओधिआम्बोले दुई–दुई विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार