असार २६, २०८२ बिहिबार July 10, 2025

मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व स्वास्थ्य सङ्गठनले युरोपमा मङ्कीपक्स सङ्क्रमणको घटना घट्दोक्रमा रहेको र “सही दिशामा” अघि बढिरहेको  भन्दै यसले नियन्त्रणका निम्ति “उत्साहजनक” सङ्केतहरू देखिएको जनाएको छ।

“फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,” युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन् । “यो सही दिशामा गइरहेको छ,” उनले थपे।

यद्यपि, “हाम्रो क्षेत्रमा उन्मूलन तर्फ अघि बढ्नको लागि हामीले तुरुन्तै हाम्रो प्रयासलाई  दोब्बर  बनाउनु पर्छ,” उनले  बताएका छन्। ।

रुस र मध्य एशियाका देशहरू समेत गरी डब्ल्यूएचओ युरोप क्षेत्रका ५३ देशहरू मध्ये ४३ देशहरूमा २२,००० भन्दा बढी मङ्कीपोक्सका घटनाहरू दर्ता भएका छन् जुन विश्वभरका केसहरूको एक तिहाइ भन्दा बढी हो।
गत हप्ता डब्ल्युएचओले लगातार चार हप्ताको बृद्धि पछि विश्वव्यापी नयाँ केसहरूमा २१ प्रतिशत गिरावट आएको रिपोर्ट गर्योि।

युरोपमा भाइरसको फैलावट नियन्त्रणका निम्ति डब्ल्यूएचओले देशहरूलाई निगरानी, लक्षित खोपहरू, सम्पर्क केसहरूको पहिचान र पुरुष समलिङ्गी समुदाय लगायतसँग  नियन्त्रणका उपायहरू जारी राख्न आग्रह गरेको थियो।

क्लुगेले पोर्चुगलको उदाहरण उद्धृत गर्दै “पूर्ण खोप अभियानको अभावमा, व्यवहार परिवर्तन र समुदायहरूसँग संलग्नता मार्फत वृद्धिलाई रोक्न व्यवस्थित  कार्ययोजना बनाउन आग्रह गरेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार