काठमाण्डौंः नेपालको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको वरीयता घटेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा नेपाल १६ औँ स्थानमा झरेको छ ।
अघिल्लो वरीयतामा नेपाल १५ औँ स्थानमा रहेको थियो । वरीयता घटेसँगै नेपालको सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।
सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष ११ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् । एक दिवसीयमा नेपाल १९ औँ स्थानमा रहेको छ।
टी-ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ । इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् ।
यस्तै दक्षिण अफ्रिका चौथो, न्युजिल्याण्ड पाँचौँ, अस्ट्रेलिया छैटौँ, वेस्ट इन्डिज सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौं र अफगानिस्तान दशौँ स्थानमा रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया