असार २५, २०८२ बुधबार July 9, 2025

अर्जेन्टिनाकी उपराष्ट्रपतिमाथि मुलगेटमै गोली हान्ने प्रयास बिफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरमाथि हत्याको प्रयास असफल भएको छ । बिहीबार उनलाई एक व्यक्तिले गोली हान्न खोजेका थिए ।

उपराष्ट्रपतिलाई आफ्नो घर फर्कने क्रममा गोली हान्न खोजेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फर्नान्डिसको घरको मुलगेटमा रहेका आरोपित ३५ वर्षीय फर्नान्डो सबाक मोन्टिएले उपराष्ट्रपतिलाई घर फर्कने क्रममा गोली हान्न खोजेका थिए।

स्थानीय सञ्चारमाध्यमले मोन्टिए ब्राजिलियन भएको बताएका छन् । बन्दुक जामका कारण मोन्टिएले गोली चलाउन नसकेको र क्रिस्टिनाको ज्यान जोगिएको छ ।

क्रिस्टिना सन् २००७ देखि २०१५ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिइन् । उनको कार्यकालमा भ्रष्टाचार गरेको आरोप छ । उनको घरबाहिर ठूलो सङ्ख्यामा मानिसहरू यस विषयमा विरोध प्रदर्शन गरिरहेका छन् ।

आक्रमणकारी समर्थकहरूको भीडबाट बाहिर निस्के र क्रिस्टिनाको नजिक पुगे । त्यसपछि उनको अटोग्राफ माग्न थाले। यसपछि उनले बन्दुक निकालेर उपराष्ट्रपतिमाथि चलाउने प्रयास गरे तर बन्दुक जामका कारण क्रिस्टिनाको ज्यान जोगियो ।

क्रिस्टिनाको विरोधमा सयौं कार्यकर्ता जुन्कल र उरुग्वेको सडकमा एक हप्ताभन्दा बढी समयदेखि भेला भएका छन् ।  उपराष्ट्रपतिमाथि भएको आक्रमणको निन्दा गर्दै दुर्घटनाको तत्काल छानबिन गर्न विपक्षी दलहरूले पनि माग गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार