काठमाण्डौः पाकिस्तानको घातक बाढीले सिन्ध प्रान्तमा सिन्धु नदीको बहावका कारण १०० किलोमिटर फराकिलो ताल सिर्जना गरेको छ ।
नासाको मोडिस स्याटेलाइट सेन्सरबाट अगस्ट २८ मा लिइएका नयाँ तस्बिरहरूले भारी वर्षा र सिन्धु नदीको बहावको संयोजनले दक्षिणको सिन्ध प्रान्तको धेरै भाग डुबानमा परेको देखाएको सीएनएनले जनाएको छ । तस्विरमा सिन्धुको बहाब बढ्दा १०० किलोमिटर चौडाइ क्षेत्र जलमग्न देख्न सकिन्छ जुन कुनै समय कृषि प्रयोजनमा उपयोग गरिएको थियो ।
पाकिस्तानमा १ दशकपछिकै ठूलो बाढी आएको छ । बाढीका कारण ११ सय ६२ जनाको मृत्यु भएको छ । बाढीका कारण दजनौँ मानिस हराइरहेका छन भने ३ हजार ५ सय जना घाइते भएका छन् । बाढीले देशका ३ करोड ३० लाख मानिस प्रभावित छन् । बाढीले १० अर्ब डलर बराबरको क्षति गरेको सरकारले प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रसंघले बाढी प्रभावित पाकिस्तानलाई सहयोग गर्न आह्वान गरेको छ ।
बाढीपछि चीन, बेलायत, क्यानडालगायतका देशले पाकिस्तानलाई सहयोग गरेका छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया