असार ३१, २०८२ मंगलबार July 15, 2025

एसिया कप क्रिकेट : श्रीलंका सुपर चारमा स्थान पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट (२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ । समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको तीन बल बाँकी रहँदै आठ विकेट गुमाएर विजयी भयो । कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाए । कप्तान डुसान शानाकाले ४५ रन जोडे । यस्तै, पाथुम निसांकाले २० रन बनाए । बंगलादेशका इबादत होसेनले तीन विकेट लिए ।

बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८३ रनको योगफल तयार गरेको थियो । बंगलादेशका लागि अफिफले ३९ तथा महमुदुल्लाहले २७ रन थपे । ओपनर मिराजले २६ तथा साकिब अल हसनले २४ रनको योगदान गरे । श्रीलंकाका वानिन्दु हसरंगा डा सिल्भा र र चामिका करुणारत्नेले समान दुई विकेट लिए ।

समूह ‘बी’बाट अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ । समूह ‘ए’अन्तर्गत शुक्रबार पाकिस्तान र हङकङबीच हुने अन्तिम खेलको विजेता दोस्रो टोलीका रुपमा सुपर चारमा पुग्नेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह प्रहरी फन्दामा
२०८२ असार ३१, मंगलबार
कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा
२०८२ असार ३१, मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो (सूची हेर्नुहोस्)
२०८२ असार ३१, मंगलबार
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार