असार ३१, २०८२ मंगलबार July 15, 2025

महिला साफ च्याम्पियनसिप फुटबलको तयारी पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको सम्पूर्ण तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ ।

एन्फाका वरिष्ठ उपाध्यक्ष तथा साफ आयोजक समितिका संयोजक वीरबहादुर खड्काले प्रतियोगिताको सफल आयोजनाका लागि तयारी पूरा भएको जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने एन्फाले जनाएको छ ।

प्रतियोगिता संयोजक खड्काले प्रतियोगिताको टिकट र ब्रोडकास्टिङ अधिकार ६५ लाखमा भारतीय कम्पनीमा हन्ड्रेड स्पोर्टसलाई दिइएको जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट दर राखिएको एन्फाले जनएको छ । एन्फाले प्रतियोगिताका लागि भुटान र पाकिस्तान नेपाल आइसकेको र अन्य टोली आइतबारसम्म आइपुग्ने जनाएको छ ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल सहज मानिएको ‘बी’ रहेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान रहेको छ । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ । नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार