असार ३०, २०८२ सोमबार July 14, 2025

७२ औं स्थापना दिवशको अवसरमा पद्मकन्या क्याम्पसमा साताव्यापी खेलकुदको आयोजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : पद्मकन्या वहुमुखी क्याम्पस बागबजारले ७२ औं वार्षिकोत्सवको अवसरमा सप्ताहाव्यापी विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरेको छ ।

आगामी असोज १ गते ‘क्याम्पस डे’ अर्थात क्याम्पसको ७२ औं स्थापना दिन हो । सोहि अवसरमा भाद्र १७ गतेदेखि २३ गतेसम्म संचालन हुने सप्ताहाव्यापी खेलकुदको निमित्त क्याम्पस प्रमुख राजु मल्लले भलिवल रेफ्रिलाई बल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

साताव्यापी खेलकुद कार्यक्रमको उद्घाटन गर्दै निमित्त क्याम्पस प्रमुख राजु मल्लले भलिबल खेलले विद्यार्थीको समग्र विकास गरी पठनपाठनलाई उर्जाशिल बनाउन मद्दत पुग्ने वताउनुभयो । विगतका वर्षहरुमा नियमित रुपमा हुदै गरेको खेलकुद गतिविधि कोरोना संक्रमणकालका वेलामा रोकिएको भएपनि अबका बर्षहरुमा नियमित रुपमा सञ्चालन हुने समेत उहाँले जानकारी गराउनुभयो ।

साताव्यापी कार्यक्रममा भलिबल, वास्केटबल, व्याटमिन्टन लगायत करिब आधा दर्जन खेलमा क्याम्पसमा अध्ययनरत सय भन्दा धेरै छात्रा विद्यार्थीहरुले भाग लिएको प्रशिक्षक अरुणा राणाले बताउनुभयो । विविध कारण केहि बर्ष स्थगित खेलकुद गतिविधि पून आरम्भ भएकोले विद्यार्थीहरु उत्साहित भएको उहाँले बताउनुभयो ।

विद्यार्थी कल्याण तथा खेलकुद शाखाको व्यवस्थापनमा संचालित सप्ताहाव्यापी खेलकुदको उद्घाटन कार्यक्रममा वोल्दै शाखाकी प्रमुख उपमा आचार्यले ‘कोरोनाका कारण सिर्जित विषम परिस्थितिले वितेका २ वर्ष खेलकुद गतिविधि हुन नसक्दा विद्यार्थीको अनुहार ओइलाएको थियो । पूनः आरम्भ भएको खेलकुलका विविध कार्यक्रमले विद्यार्थीका मुहार हर्षोल्लासले भरिएको छ, यसका परिणामले पढाइमा उर्जा थपिने छ ।’ भन्नुभयो ।

उहाँले ‘कार्यक्रमका उपस्थित सहायक क्याम्पस प्रमुखहरु, प्राध्यापकहरु, प्राध्यापक संघका अध्यक्ष, प्र.पा. संघ इकाई अध्यक्ष, लेखाप्रमुख, प्रशासन प्रमुख, कर्मचारीहरु सबैमा आभार प्रकट समेत गर्नुभयो ।’

कार्यक्रमको फोटोहरुः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार