असार २५, २०८२ बुधबार July 9, 2025

भोक र तिर्खाबाट ७ रोहिंग्याको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः म्यानमारमा अल्पसंख्यक मुस्लिम रोहिंग्या समूहका सात जना व्यक्ति भोक, तिर्खा र अन्य जोखिमका कारण मृत्यु भएको छ । म्यानमारका अधिकारीहरूले दक्षिणी तटमा डुंगाबाट नियन्त्रणमा लिएका ६५ जनाको समूहमध्येका सात जनाको मृत्यु भएको हो ।

अधिकारीहरूले सोमबार व्यावसायिक केन्द्र यांगुनबाट करिब १२० किलोमिटर दक्षिणमा प्यापोन टाउनसिप नजिकै एउटा जहाजलाई नियन्त्रणमा लिएको ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारले जनाएको छ ।

चार तस्कर र ६५जना पीडितलाई अस्थायी रूपमा हिरासतमा राखिएको उक्त पत्रिकाले जनाएको छ । तीन खराब मौसम र खानेकुरा तथा पानीको अभावमा पुरुष र चार महिलाको मृत्यु भएको पनि उक्त पत्रिकाले जनाएको छ । त्यस्तै, ६ जनाको उपचार भइरहेको छ । समूहका पाँच जनलााई थुनामा राखिएको र छानविनपछि उनीहरुलाई कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

सन् २०१७ मा म्यानमारको सेनाको दमनपछि लाखौँ रोहिग्या शरणार्थी देश छाडेर बंगलादेश पुगेका थिए । उनीहरु खाद्यन्न, पानी औषधिजस्ता अत्यावश्यक सेवाबाट बन्चित रहेको अधिकारबादीहरुले बताउँदै आएका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार