असार ३१, २०८२ मंगलबार July 15, 2025

बंगलादेशको फुटबल टोली नेपाल आइपुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  महिला साफ च्याम्पियनसिपमा भाग लिन बंगलादेशको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यद्वय मनीष जोशी र सलिना श्रेष्ठलगायतले त्रिभुवन विमानस्थलमा बंगलादेशी टोलीलाई स्वागत गरेका थिए ।

भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । भारतीय टोली शनिबार नै काठमाडौं आइपुग्ने एन्फाले यसअघि नै जानकारी दिएको थियो । श्रीलंका र माल्दिभ्स टोली आइतबार आइपुग्ने बताइएको छ ।

दशरथ रंगशालामा भदौ २१ गते दक्षिण एसियाका सातै राष्ट्रको सहभागितामा च्याम्पियनसिप सुरु हुनेछ । बंगलादेश समूह मा भारत, पाकिस्तान र माल्दिभ्ससँग रहेको छ । आयोजक नेपाल, भुटान र श्रीलंका समूह बीमा छन् । पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष २ टोली फाइनलमा पुग्नेछन् । यसअघि विरानगरमा भएको पाँचौं संस्करणको फाइनलमा नेपाललाई ३–१ ले हराउँदै भारत पाँचौं पटक च्याम्पियन बनेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार