असार २६, २०८२ बिहिबार July 10, 2025

प्रधानमन्त्रीलाई मिनेन्द्र रिजालको प्रश्न : ‘यति होल्डिङ्गसको केक खाँदा लाज लागेन?’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिले हिजोका ‘राजा’ हरुले पनि इर्ष्या गरेको हुन सक्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको।शुभाकामना दिँदै जन्मदिनका अवसरमा तेह्रथुमको आठराईमा गरिएको तामझाम विगतका राजामहाराजाको भन्दा ठूलो रहेको उल्लेख गरेका हुन् ।

सांसद रिजालले संसदमा भने, ‘पुराना राजाको जन्म दिन देखेकै हो। राजामहाराजाको झल्को दियो। पाँचवटा घरका लागि खड्गप्रसाद होइन, नयाँ महाराजा आयो भन्ने लाग्यो होला। घर अगाडि उभिएर, सोच्नु भएन ? यति होल्डिङ्गसको केक खाँदा लाज लागेन ? तपाईको क्रियाकलाप देखेर हिजोका राजालाई पनि इर्ष्या लाग्यो होला ।’

उनले अघि भने, ‘मदन भण्डारी के भन्दै होलान् ? प्रधानमन्त्री ज्यू, तपाईँको कम्युनिष्ट पार्टी कहाँ छ ? मदन भण्डारीलाई चित्त बुझाउनुहोस्। सर्वाङ्ग गनाउँदै हुनुहुन्छ। संसदमा आएर जवाफ दिनुहोस्।’

सांसद रिजालले सेक्युरिटी प्रेस खरिदमा कमिसनको खेलमा लागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीबाट राजीनामा दिएका गोकुलप्रसाद बाँस्कोटाको प्रशंग पनि उठाएका छन । सेक्युरिटी प्रेसबारे छानबिन गर्न लेखा समितिले निर्देशन दिइसकेको छ । उनले गोकुल बाँस्कोटा अडियो प्रकरणबारे भने, ‘७० करोड घुस माग्दा लाज लागेन ? भ्रष्टाचार गर्दिनँ, गर्नेको मुख हेर्दिन भनेको होइन ? आफ्नो गुटका भए फिर्ता गरे पुग्ने ? योभन्दा लाजमर्दो के होला ? ’

उनले अघि भने, ‘बालुवाटार जग्गा प्रकरण, वाइडबडी, न्यारोबडीको छानबिन खोइ ? आयोगले छिटो छानबिन सकोस्।’

सञ्चार मन्त्रालयले संसदलाई विश्वासमा दिलाउन सक्ने अपेक्षा गरेको उनले बताएका छन । उनले भने, ‘प्रधानमन्त्री ओली आफ्नो जिम्मेवारीबाट बाहिर जानुहुन्न भन्ने विश्वासका साथ हामी संसद चलाउन तयार भएका हौँ ।’

सभामुख अग्निप्रसाद सापकोटाले संसदमा उठेका कुराबारे सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार